फोनिज झापाको अध्यक्षमा राजवंशी सर्वसम्मत
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् ।
उपाध्यक्षमा तिलक योञ्जन , सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर , रविकिरण बान्तवा , विष्णुकुल श्रेष्ठ , सुजन राई , सौरभ मुखिया ‘ए’ , मिना नेम्बाङ , सुमन बेघा र डिके शेर्मा रहेका छन् ।
बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ८ जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । दीपिन राई , गणेशमान मुखिया , भूमिका फियाक , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ , दिलकुमार लावती र सुशन राई महाधिवेशन प्रतिनिधिमा चयन गरिएको हो ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार जलकुमार गुरुङ, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश सदस्य अम्बिका भण्डारी, जिल्ला अध्यक्ष एकराज गिरी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, प्रेस युनियनका सभापति गिरिराज भट्टराई, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, बुद्धशान्ति प्रेस क्लवका अध्यक्ष तीर्थ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशी २५ हजार नगद रहेको छ । त्यस्तै ५ हजार राशी भएको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिका समेत विमोचन गरिएको थियो ।