जेष्ठ २, २०८१ बुधबार

हल्दिवारीले बनाउँन थाल्यो गरिव जनतालाई घर

बिर्तामोड । बजारको टहरामा एक दशकदेखि बस्दै आएका हल्दिवारी–२ पाराखोपीका सुरेन राजवंशीलाई गाउँपालिकाले घर बनाइदिने भएको छ ।
हल्दिवारीस्थित पाराखोपी बजारको टहरामा आश्रय लिएर बसिरहेका शारिरीक रुपमा अशक्त राजवंशीले स्थानीय सरकार बनेपछि आफ्नै घरमा बस्न पाउने भएका छन् । घर पाउँने भएपछि राजवंशीको परिवार असाध्यै खुशी भएका छन् । बजारको दिन टहरा छोडुपथ्र्यो, स्थानीय भन्छन् – हल्दिवारी गाउँपालिकाले महान काम गरेको छ ।


हल्दिवारी गाउँपालिकाले यो वर्ष राजवंशीको सहित ३३ वटा घर निर्माण गर्दैछ । गाउँपालिकामा बसोबास गर्दै आएका गरिव, विपन्न र दलितलाई स्थानीय सरकारको लगानीमा ३३ वटा घर निर्माण थालेको सामुदायिक आवास निर्माण मुल समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले हरेक घर निर्माणमा १ लाख सहयोग गर्नेछ । यस्तै प्रत्येक घर निर्माणका लागि सहारा नेपालले २५ हजार र हेविटाट फर ह्यूमानिटीले ५० हजार सहयोग गर्ने पोर्तेलले जानकारी दिएका छन् । एउटा घर निर्माणका लागि १ लाख ७५ हजार लगानी गरिने उनको भनाई छ ।


सामुदायिक आवास निर्माण कार्यक्रम अन्तर्गन तिन कोठाको घर निर्माण भइरहेको छ । पछाडिको भागमा १०÷१० को २ वटा कोठा र अगाडिको भागमा १०÷६ को भान्सा बनाइदैछ, पोर्तेलले भने । निर्माणाधिन घर भुकम्प प्रतिरोधी भएपनि शौचालय निर्माणको लागि बजेट सहयोग नभएको बुझिएको छ ।


वडा नं. १ मा ८ वटा, २ र ३ मा ५/५ वटा, ४ मा ८ वटा र ५ मा ७ वटा सो प्रकृतिका घर निर्माण भइरहेका छन् । सामान्य मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनीहरुलाई घर निर्माणपछि स्वरोजगार बनाइने कार्यपालिका सदस्य समेत रहेका पोर्तेलले जानकारी दिए । आफ्नो जग्गा नभएका नागरिकका लागि भने दाताबाट जग्गा जुटाएर घर बनाइरहेको वडा नं १ का अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]