जेष्ठ ११, २०८२ शनिबार

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रजातन्त्र सशक्त आधार : मुख्यमन्त्री कार्की

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।

उहाँले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

ुप्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका छन्। सहिदहरुको बलिदानको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छु, ( उहाँले भन्नुभयो ।

प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै न्याय, समानता, सुशासन र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

ुप्रजातन्त्रको मूलमर्म भनेको जनताको अधिकारको सम्मान हो। यसलाई जीवन पद्धति बनाएर अघि बढ्न सक्यौं भने मात्रै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्छौुं, ( मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गर्नुभयो ।

प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]