काँकरभिट्टा हुँदै घर फर्किए किट कलेजबाट निकालिएका १६ नेपाली विद्यार्थी
काँकरभिट्टा। भारतको ओडिसास्थित किट कलेजमा छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरू घर फर्कन थालेका छन् ।
झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् । सुरक्षा स्रोतका अनुसार किट कलेजबाट निकालिएका केही विद्यार्थी अहिले घर आइपुगेका छन् । सुरक्षा स्रोतले उपलब्ध गराएको विवरणअनुसार पूर्वी नाकाबाट फर्किएका विद्यार्थी यसप्रकार छन् :-
१, आरती रोही -सप्तरी
२, सालिमी दास- सप्तरी
३, रिसक सिंह -सप्तरी
४, आयुष राज- सप्तरी
५, प्रजित यादव- सप्तरी
६, कृष दास – सप्तरी
७, राकेश साह- सप्तरी
८, नवीन मण्डल- सप्तरी
९, ओमप्रसाद पौदार- सुनसरी
१०, आदित्य मिश्र- मोरङ
११, सुलभ पौडेल- कास्की
१२, आयुष अधिकारी- कास्की
१३, समिम पौडेल- काठमाडौं
१४, आकाश शाह- ललितपुर
१५, पियुस शाह- काठमाडौं
१६, विकेश श्रेष्ठ- काठमाडौं