जेष्ठ ११, २०८२ शनिबार

राष्ट्रिय जनसांस्कृतिक महासंघ मेचीनगर अध्यक्षमा चक्र

जरा अभियान

काँकरभिट्टा, ८ फागुन । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको प्रथम मेचीनगर अधिवेशनले चक्र पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

विहीबार काँकरभिट्टास्थित एमाले नगर तथा क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले पाख्रिनको नेतृत्वमा १३ सदस्यीय राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रथम नगर कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा पुष्प भट्टराई, महिला उपाध्यक्षमा लक्ष्मी अच्युत ढुंगाना, सचिवमा गम्भीरध्वाज मगर, कोषाध्यक्षमा निरु खवास सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा रामजी विष्ट, राजेश राई, सोम तालाङ्गी, अनक भुजेल, दुर्गाप्रसाद अधिकारी, लीला कार्की, गोविन्द राजबंशी र भीमा मोते रहेका छन् ।

मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य मोहन विक, नेकपा एमाले जिल्ला कमिटी सदस्य भुपाल शिवाकोटी, क्षेत्रीय सचिव राजु पोखरेल, नगर अध्यक्ष राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]