जेष्ठ १०, २०८२ शुक्रबार

बिर्तामोडको अदुवा पुलमा एक युवकमाथि निर्घात कुटपिट, ३ जना नियन्त्रणमा

बिर्तामोड । बिर्तामोडको अदुवा पुलमा एक युवकमाथि केहिवेर अघि निर्घात कुटपिट भएको छ । रक्ताम्य हुने गरि कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरु साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौं, सोधपुछ गर्दैछौं । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्नहरु प्रहरी देख्नासाथ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भने ।

प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]