जेष्ठ ८, २०८२ बुधबार

अध्यक्ष बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ

काठमाडौँ, २२ फागुनः जिल्ला अदालत काठमाडौँले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल रहेको अदालतले व्याख्या गरेका छ ।

जनता टाइम्स अनलाइमा प्रकाशित समाचारका विषयलाई लिएर अध्यक्ष बस्नेतमाथि उक्त मुद्दा दायर गरिएको थियोे । अदालतले सोही मुद्दाका अर्का प्रतिवादी गणेश विकको हकमा भने पछि सजाय निर्धारण हुनेगरी कसुरदार ठह¥याएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]