बैशाख २४, २०८२ बुधबार

पैसा माग्ने ‘तेस्रोलिंगी’ को दवावले सर्वसाधारणलाई सास्ती

बिर्तामोड । झापाको विभिन्न बजारहरुमा तेस्रो लिंगीहरुले पैसा माग्दै व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेका छन् । व्यापारी र सर्वसाधारणहरुले तेस्रोलिंगीहरुबाट धेरै दवाव आउने गरेको गुनासो गरेका छन् ।

केहि महिनादेखि बिर्तामोड क्षेत्रमा भाडामा बस्दै आएका तेस्रो लिंगीहरुले पसल–पसल र सर्वसाधारणहरुसँग दवाव दिदैं पैसा उठाउदै आएका छन् । बजार क्षेत्र र सार्वजनिक यातायातमा पैसाका लागि दवाव दिन थालेपछि कनकाईस्थित सुरुङा क्षेत्रमा स्थानीयबासीले सम्झाई बुझाई पठाएका छन् ।

सुरुङास्थित कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले तेस्रोलिंगीबाट सर्वसाधारणलाई धेरै हैरानी भइरहेको बताए । उनले तेस्रोलिंगीले सर्वसाधारण र व्यापारीहरुलाई धम्क्याउदै पैसा माग्ने गरेको, धेरै पैसा मागेर दुख दिने गरेको जानकारी दिए । ओली भन्छन्, एउटा सर्वसाधारण मान्छेसँग ५ हजारसम्म माग्ने गरेका छन्, दिएन भने ‘श्राप’ दिन्छु भन्दै गालीगलौच गर्ने गरेका छन् ।

होटल व्यवसायी समेत रहेका ओलीले सुरुङामा सम्झाउदै भने – काम गर्ने हो भने काम दिन्छौं । पैसा मागेर हिड्ने काम बन्द गरियोस् ।

हुलहुल समूहमा हिड्ने तेस्रोलिंगीहरुले पसलमा १०, २० रुपैयाँ दिदाँ उल्टै गाली गरेर पैसा फालेर हिड्ने गरेको व्यापारीहरुको गुनासो छ । पैसा माग्न आउनेलाई हामीले खुशी भएर दिने हो, एक व्यापारी भन्छन् – २, ३ सय देखि ५ सयसम्म पसलहरुमा माग्ने गरेका छन् ।

तेस्रोलिंगीलाई सम्झाएको भिडियो सार्वजनिक भएसँगै सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । शिक्षक लिला भण्डारीले लेखेका छन्, सामान्य माग्न पाइयो । तर तोकेर यति दे होइन भने भन्नु गलत हो । करेक्सन हुनुपर्छ । विवाह तिर गएर बेहुला र बेहुलिलाई दिक्दारी दिएर १० हजारसम्म लिने गरेका छन् । फरक क्षमता भएको हुँदा स्वेच्छिक दान स्वीकार्नु पर्छ । त्यो पनि कहिलेकाहि ।

यस्तै, अमृता ताक्मादेनले नेपालमा तेस्रोलिङ्गीलाई खासै भेदभाव नभएको बताएकी छन् । दोकानमा आएर बोनी भाको हुँंदैन भने जति दिएन भनेर सराप्दै जान्छन् । अहिले नेपालकाले पनि सीको गरेर निकै देखा पर्न थालेका छन् । यस्ता प्रबृत्तिलाई निरुत्साहित पार्न जति सक्दो कडा कदम चाल्न पर्छ ।

कनकाईकी अग्रज महिला सुनिता खरेलले कनकाईबासीले सम्झाईबुझाई गरेमा धन्यवाद दिएकी छन् । उनले कनकाईका नागरिकले राम्रो काम गरेको भन्दै अशक्त अनाथ असायलाई सहयोग दिने कार्यमा तत्पर हुनुपर्ने बताइन् ।

प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]