जेष्ठ ५, २०८२ आईतबार

राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन जेठमा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन आउने जेठ महिनामा हुने भएको छ ।
संघको महाधिवेशन जेठ ९,१०,११ गते पोखरामा गर्ने निर्णय भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरिएको छ ।

महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनेको छ । जसमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहनु भएको छ । मूल व्यवस्थापन समिति ५ सय ५५ सदस्यीय हुने संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिनुभयो । महाधिवेशनको लागि आवश्यकताका आधारमा अन्य उपसमितिहरू बनाइने छन् ।

प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]