जेष्ठ ५, २०८२ आईतबार

जब पत्रकार रजकलाई राजावादीहरुले कोठाभित्रै थुनेर हिँडे

काठमाडौं । तीनकुनेको घरमा आगजनीपूर्व राजावादी आन्दोलनकारीले एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा भएको छ । आन्दोलनकारीले तोडफोड र लुटपाट गरेपछि चेनगेटमा ताला लगाइदिएर हिँडेका थिए र रजक भित्रै थुनिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा कोठाभित्रको त्राशदीपूर्ण दृष्य कैद भएको छ । क्यामरापर्सन रजक कोठाभित्र मोबाइल चलाइरहेका हुन्छन् भने बाहिरपट्टि चेन गेटमा ठुलो ताल्चा झुण्डिएको छ । गेट बाहिरबाट भिडियो खिचिएको हो ।

आफू थुनिएपछि रजकले मोबाइलबाट कसैलाई सम्पर्क गर्न खोजिरहेको जस्तो देखिन्छ । उनले यही कोठाको बाटोपट्टि भित्तामा फुटेको सिसाबाट बाहिर आन्दोलनको दृष्य खिचेका थिए । उनले कोठाभित्रको बितण्डाको भिडिओ पनि खिचेको र यही रिसमा आन्दोलनकारीले थुनिदिएको आशंका गर्न सकिन्छ ।

कोठाभित्र रजक थुनिएकै अवस्थामा दुई आन्दोलनकारी युवती भर्याङबाट ओर्लिएका छन् । उनीहरूमध्ये एकजनाको अनुहार देखिएको छ भने अर्कीले स्कार्फले अनुहार ढाकेकी छन् । उनीहरू ओर्लिदै गर्दा तल्लो कोठामा ह्वारह्वारी आगो बलिरहेको थियो ।

क्यामरापर्सन थुनिएको प्रहरीलाई जानकारी गराएको तर प्रहरीले उद्दार नगरेको आरोप एभिन्युज टिभिका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन् ।

प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]