जेष्ठ ४, २०८२ शनिबार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, २० चैतः मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।
मङ्गलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला रु दुई हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार  १२ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]