जेष्ठ ४, २०८२ शनिबार

राजावादीको प्रदर्शनमा परी ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय

काठमाडौं – सरकारले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई रु.१०-१० लाख दिने निर्णय गरेको छ।

राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख रुपैयाँ दिने गृह मन्त्रालयले निर्णय गरेको हो।

दुबै जनाका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ।

उक्त हिंसात्मक प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको थियो। उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]