बैशाख २७, २०८२ शनिबार

दमकमा जागरणसभा आज, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

झापा – आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैहुनुहुन्छ ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभाको तयारी पुरा भएको छ । दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् ।

एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विहान १० बजे भद्रपुरतर्फ आउँदै हुनुहुन्छ ।

प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]