जेष्ठ ५, २०८२ आईतबार

रामकुमार अछामी स्मृतिकोषबाट कर्मचारीलाई पुरस्कार तथा सम्मान

रन्जित परियार

बिर्तामोड । रामकुमार अछामी स्मृति कोष अर्जुनधाराले बिद्यार्थी, शिक्षक तथा बिद्यालय कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । अछामीको छैटौं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा उनीहरु पुरस्कृत एव सम्मानित भएका हुन् ।

कार्यक्रममा भानु माविबाट कक्षा–१२ को परिक्षामा ३.६६ जिपिए ल्याएर उतिर्ण हुने संरचना सिटौला पुरस्कृत भईन् । उनले नगद ४ हजार रुपैंया पुरस्कार पाइन् । यसैगरी शनिश्चरे माविका दिनेश सापकोटा र स्मृति कटेल पुरस्कृत भए । कक्षा–८ को परिक्षामा ४ जिपिए ल्याएका उनीहरुले जनहि २००० रुपैयाँ पुरस्कार पाए । तत्कालीन समयमा अछामी प्रअ रहेको गणेश आधारभुत विद्यालयका दीक्षा गौलीले २ हजार रुपैंया पुरस्कार पाइन् ।

यसैगरी बसन्त भट्टराई, शनिश्चरे, सीता अधिकारी समाजसेवी आधारभुत माविका शिक्षक र सिंहदेबी माविका कर्मचारी सञ्जिव गोले तामाङ कार्यक्रममा सम्मानित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको संरक्षकत्वमा रहेको कोषले भर्खरै काठमाडौंमा भएको शिक्षक आन्दोलनमा सहभागी ४४ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको थियो ।
यता, बिद्यालय कर्मचारी परिषदले भने आन्दोलनमा सहभागी कर्मचारीलाई गरिएको सम्मान बहिस्कार गरेको छ । नगर अध्यक्ष रुद्रप्रसाद पौडेलले शिक्षक आन्दोलनलाई उपलब्धि बिहीन बनाएको आरोप लगाएका छन् । उनले शिक्षक महासंघले बिद्यालय कर्मचारीलाई प्रयोग मात्र गरेको आरोप लगाउँदै सोही आन्दोलनमा सहभागी भएको भन्दै गरिएको सम्मान बहिष्कार गरेको बताएका थिए ।

प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङगठनका झापा अध्यक्ष नविन ढुङगानाले शिक्षकका सन्तानले सामुदायिक बिद्यालयमा पढाउनु पर्ने बताए । हामीलाई समुदायले यहि बिषयमा खिसिट्युरी गर्छ । ‘ शिक्षाको गुणस्तर नसुधारे हामी सामाजिक बहिष्करणको सिकार हुन्छौं’ ढुङगानाले भने ‘समाजले हामीबाट प्रदान गरेको शिक्षामा बिश्वास गर्ने वातावरण निर्माण हामीले गर्नुपर्छ ।’

अर्जुनधारा–१ को गणेश आधारभूत बिद्यालयका प्रधानाध्यापक अछामीको २०७५ चैत ९ गते दुर्घटनामा परेर निधन भएको थियो । कार्यक्रममा नेपाल शिक्षक सङघका अध्यक्ष सुजाता शिवाकोटी, शिक्षक महासङघका पूर्व अध्यक्ष पुन्य सुवेदी, शिक्षक महासंघका अध्यक्ष चन्द्र खत्री पूर्व प्रअ नरेन्द्र खनाल, खडग बहादुर गोले लगायतले अछामीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराका अध्यक्ष दिपक भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । उपाध्यक्ष हर्कलाल गिरीले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण कमलकान्त पौडेलले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ आईतबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]