जेष्ठ ११, २०८२ शनिबार

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

शनिबार सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो ।

शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठक बोलाइएको रास्वपाले जानकारी दिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

प्रकाशित मिति : जेष्ठ ११, २०८२ शनिबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]