जेष्ठ ३१, २०८२ शुक्रबार

हात्ती लखेट्न आफैँले लगाएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

झापा, २८ जेठ । कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।

हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गरेका र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बुधबार  ३ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]