असार २१, २०८२ शनिबार

शिवसताक्षीका जीवन न्यौपाने ६ दिनदेखि वेपत्ता, कटारी क्षेत्रमा खोज्दै परिवार

बिर्तामोड । झापा शिवसताक्षी – ९ चिल्लागढका ५९ वर्षीय जीवन न्यौपाने वेपत्ता भएको एक साता भएको छ । घरबाट औषधि खरिद गर्न भनेर सिटी सफारीमा हिडेका न्यौपाने अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

बिर्तामोडस्थित निलकण्ठ डाइग्नोष्टिकमा औषधि खरिद गर्न भनेर गत असार १३ गते विहान ८ बजे हिडेका उनी घर नफर्किएपछि खोजी भइरहेको छ । घरबाट हिडेको छैटौं दिनसम्म पनि फेला पार्न नसकेको पुष्प सापकोटाले जानकारी दिए । उनका अनुसार खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहित निवेदन दिइएको छ । आफन्त, छरछिकेमी सबैतिर खोजी गर्दा पनि अहिलेसम्म नभेटिएको जनाइएको छ ।

वेपत्ता भएका न्यौपाने दमकबाट कटारीको बसमा चढेर गएको सीसी फुटेजमा देखिएको छ । बसका सहचालकले कटारीमा उतारेको समेत भनेपछि परिवारले कटारी क्षेत्रमा खोजी सुरु गरेको छ ।

प्रकाशित मिति : असार १८, २०८२ बुधबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]