रेमिट्यान्स वृद्धिदर घट्यो, ८ महिनामा भित्रियो ५ खर्ब ९२ अर्ब
काठमाडौं । रेमिट्यान्सको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन सम्मको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स वृद्धिदर घटेको जानकारी दिएको हो ।
फागुनसम्मको तथ्यांकमा रेमिट्यान्स १।८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३।४ प्रतिशतले बढेको थियो । यद्यपि, यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भने बढेको राष्ट्र बैंकले बताएको छ । फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या २४।२ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६।६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २।७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४।६ प्रतिशतले बढेको थियो ।