बैशाख २३, २०८१ आईतबार

कोरोना महामारीमा इआरसीको भूमिका

दीपक दास

कोरोना भाइरस (कोभिड – १९) का कारण विश्व आक्रान्त छ । चिनको वुहान शहरबाट सुरु भएको कोरोना माहामारीको यात्रा विश्वभर फैलिएको छ । बिश्वभरका महाशक्ति राष्ट्र देखि हामी जस्ता विकासोन्मुख देश सबै यो महामारी विरुद्ध लडिरहेका छौ । कोरोना भाइरसले मानव जीवन मै धावा बोलिरहेको छ । आर्थिक , सामाजिक , राजनीतिक सँगसँगै मानिस अहिले कसरी बाच्ने , कसरी सुरक्षित हुन सकिन्छ भन्ने चिन्तामा छौं ।

यो बाट बाच्ने उपायको महत्वपूर्ण कडी यो रोग ( भाइरस ) लाग्नै नदिने वा शरीरमा प्रबेश नै गर्न नदिने बारेमा बिश्वभर मानिस चिन्तित छ्न । यस अर्थ आज बिश्वभर लकडाउन (बन्दाबन्दी ) छ । मानिसको दैनिक काम (रोजगार , व्यवसाय , आवतजावत ,आर्थिक कारोबार ) मा नै प्रभाव पारेको छ । विश्व यस क्षेत्रमा अझै पनि चुनौति बनी बसिरहेको वर्तमान अवस्थामा विश्व संगठनको अपिल , खोजी सहकार्य यो महामारीसँग कसरी लडन सकिन्छ भनेर बिश्वभरका बैज्ञानिक , डाक्टर , विज्ञको प्रयास कमजोर साबित देखिरहेको छ । लाखौं संख्यामा संक्रमित र लाखौ संख्यामै मृत्यु भईसकेको छ । र, बिज्ञहरुले रोगको असर भयावह हुने बताइरहेका छन् ।

शक्ति राष्ट्रहरुको प्रयास हाल यस महामारीबाट कसरी बच्ने भन्नेमा केन्द्रित छ । हाम्रो जस्तो स्वास्थ क्षेत्रमा कमजोर देश र सँगसँगै दुर्ई ठुला राष्ट्रहरु (एक सुरुवाती केन्द्र बिन्दु चीन र अर्को खुला सिमाना जोडिएको भारत) को कोरोना संक्रमितको संख्या बढ्नु , सँगसँगै लाखौ नेपाली भारतका शहरमा साथै भारतीयहरु नि हाम्रो शहरमा विभिन्न काम र पेसामा आवद्ध छन् । वैदेशिक रोजगार , पर्यटन आवगमनलाई जोड्दा हजारौंको संख्यामा नेपाल प्रबेश र नेपालबाट गमन हुने गर्दछ । विश्व भरी लकडाउनसँगै नेपालमा नि यसको शुरुवातको मिति देखि हेर्दा करिब ४५ दिन पूरा हुने वा अझै समय लम्बिने देखिन्छ ।

सरकारले लकडाउन शुरु गरे देखि अहिलेसम्म नेपालमा कोरोन सङ्क्रमितको संख्या २ अंकमा छ भने कोरोनालाई परास्त गरि निको भइ घर फर्किने को संख्या पनि २ अंकमा छ । छिमेको देशबाट अधिकतम सामान आयत गर्ने हाम्रो देशले लकडाउनसँगै विभिन्न समस्या भोग्दै आएको छ । सबै तिर बन्दाबन्दी भए पश्चात् झापाको भारतसँको सिमा अनुगमन , त्यसपछि क्वारेन्टाइनमा राखिएको मानिस , खुल्ला सिमानाको अनुगमन , सरकारी निकायको प्रयास , सुरक्षा सबेदनशिलताको अनुगमनमा सहभागी छु । लकडाउन शुरु भए पश्चात् मानिसमा आएको विभिन्न समस्या ,गुनासो पनि प्रत्यक्ष हेरेको छु । स्थानीय निकाय , जिल्लाको समन्वयकारी भुमिका, मानिसको गाँस , बाँस कपास र औषधि उपचार पुर्याउन भएका प्रयास पनि नजिकबाट नियाल्दै गर्दा स्वमसेवी भै कार्य गर्ने अवसर मानव अधिकार संजालबाट अनुगमनमा र आपतकालिन प्रतिक्रिया केन्द्रको स्वमसेवक भै प्रदेश न १ मा सामाजिक सन्जालबाट कार्यरत छु ।

अहिलेको अवस्था तथा दैनिकी फरक भएको छ । सबैले कोरोनालाई जित्नु छ । शारीरिक दुरी सँगैसगै संक्रमण माहामारीबारे भ्रम समेत फैलिएको छ । मानिसमा त्रास छ । नयाँ मानिस प्रवेसमा रोक छ । वडा नगर वा टोलमा बाँस लगाइएको छ । संक्रमित ठाँउहरु पुर्ण रुपमा बन्द छन् । विभिन्न समस्याहरु आइरहेका छन् । भारतबाट औषधि खाने रोगीहरुमा डरत्रासको मनोविज्ञान बढ्दो छ । राहत नपाएको गुनासो आइरहेको छ । मध्यम बर्गको गुनासो पनि एकदमै सतहमा आउन मात्र बाँकी छ । यो बेलामा हामीले राज्यले दिने , राज्यले गर्ने भन्ने अवस्थाका मानसिकता साथीमा परिवर्तन देखेको छु । सुरक्षाकर्मी , स्वास्थकर्मी , राहत सेवामा अभियान्ता , रेडक्रसकर्मी , सामाजिक सन्जालमा रगत खोज्नेको समूह अहोरात्र खटेका छन् ।

नागरिकको बाटोमा बिजोग , सर्वोच्च अदालतको आदेश सबैले हेरेका छौ । येहि अभावलाई आफ्नो तवर , सामाजिक सन्जाल, दाताहरु, सहयोगीहरु शारीरिक दुरिलाई मध्यनजर गरि घर बसिबसी काम गरिरहेका छौ । रगत अभावको समस्या निर्मुल गर्नमा खटिरहेका छौ । गर्भवती , भिन्न क्षमता भएका बालबालिका , भारतीय मजदुर लगायतलाई सहयोग खोजी रहेका छौ । फोन तथा सामाजिक सन्जालको माध्यमबाट मनोबैज्ञानिक परामर्श दिइरहेका छौ । अभियानता कै सूचनाबाट सामजिक बिकास राज्य मन्त्रीको सहयोग र कन्काई नगरपालिकाको सहयोगमा एक सडकमा दयनीय जीवन बिताइरहेकी महिलाको उद्दार संभब भयो । बेल्टारका १५ दिन देखी बेखर्ची भई बसेको झापा बिर्तामोड नगरपालिकाको उद्दार इआरसी मार्फत भयो ।

दमकमा आफ्नो बुवाको अन्त्यष्टि पश्चात् छिमेकीको घरमा आश्रय लिएको गर्भवती महिलाको उद्घारमा दमक नगरपालिका उपप्रमुख हाम्रो सूचनालाई हेरि स्वयम् आफूले भद्रपुरसम्म ल्याई दिनु भयो । यस्ता विभिन्न उदाहरणहरु धेरै छन् । देशभरी छन् । सामाजिक अभियान्ता ,अधिकारकर्मी , युवा अभियान्ताद्वारा उद्वार , राहत , सहि सूचना सम्प्रेषण सुरक्षित भई कार्य सम्पादन गर्ने युवा साथी ,सहयोगी समन्वयकारी भुमिका निर्वाह गर्ने राज्यका विभिन्न निकायमा कार्यरत राष्ट्र सेवक , जनप्रतिनिधिहरु , स्वास्थकर्मी , सुरक्षाकर्मी, संचारकर्मी , अधिकारकर्मीले विश्व अभावको नयाँ जमानाका उद्दारलाई , प्रयासलाई नयाँ किसिमको परिभाषामा परिवर्तन गरिदिने छन् । ती सबै किसिममा अभियान्तालाई मेरो नमन । सुरक्षित बसौं, बाँकी अर्को भागमा ।

(लेखक – आपतकालीन प्रतिक्रिया केन्द्र प्रदेश नं १ का फोकल पर्सन हुन् । )

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]