बैशाख २६, २०८२ शुक्रबार

नेपालीको प्रतिव्यक्ति आय साढे ८ हजारले बढ्यो

काठमाडौं –पछिल्लो एकवर्षको अवधीमा नेपालीहरुको आम्दानी प्रतिव्यक्ति ८ हजार ७५० रुपैयाँले बढेको छ । लकडाउनले गर्दा चैत यता अधिकाशं आर्थिक गतिविधि बन्द भएपनि प्रतिव्यक्ति आय बढेको देखिएको हो ।

?????????????????????????????????????????????????????????

केन्द्रीय तथ्यांकले विभागले चालु आर्थिक वर्षमा नेपालीको औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५\७५ मा नेपालीको आम्दानी १ लाख १७ हजार २६८ रुपैयाँ थियो ।

कुल ग्राहस्थ उत्पादन (जीडपी)को आधारमा हेर्दा एकजना नेपालीको वार्षिक औसत आम्दानी १ लाख २६ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]