बैशाख २६, २०८२ शुक्रबार

कोरोनाका कारण १० करोड नयाँ गरिबहरु पैदा हुने

एजेन्सी । कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ । विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा हुनेछन् ।

कोरोना महामारीका कारण यतिखेर करिब करिब संसारभरिकै आर्थिक गतिविधिहरु ठप्प छन् । अर्थविद्हरुले संसारभरि नै आर्थिक महामन्दी आउने चेतावनी दिइसकेका छन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा मात्रै वर्षको पहिलो चौमासिकमा त्यहाँको कुल ग्राहस्थ उत्पान ४।८ प्रतिशतमा सीमित भएको छ ।

यतिखेर अमेरिकाको अर्थतन्त्र पहिलो विश्वयुद्धलगत्तैको आर्थिक महामन्दीपछि सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]