कांग्रेस नेता शर्माविरुद्ध खनिए ट्वीट प्रयोगकर्ता
बिर्तामोड । युवा नेता विश्वप्रकाश शर्माको एउटा ट्वीट विरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । कांग्रेस प्रवक्ता शर्माले वृद्धाभत्ता बारे गरेको ट्वीट विरुद्ध शर्मालाई तल्लो तहसम्म गिरेर शर्माको आलोचना गरिएको छ ।
शर्माले यस्तो ट्वीट गरेका थिए

नेपाली राजनीतिमा लोकप्रीय मानिने शर्माले सरकार विरुद्ध गरेको रुञ्चे टिप्पणीका कारण उनैका शुभचिन्तक समेत आक्रामक बनेका छन् । शर्माले बुधबार सरकारले सार्वजनिक गरेको बजेटका सन्दर्भमा झापा बाहुँन्डागीकी एक वृद्धाको फोन सम्पर्क बारे लेखेका थिए ।
शर्माले गरेको टिप्पणी हल्का भएको धेरैले लेखेका छन् । केहिले प्रवक्तालाई स्वभाव सुधार्न सुझाव समेत दिएका छन् ।
राम कुमार थापा लेख्छन्, कांग्रेसका बौद्धिक मानिएका नेता विश्वप्रकाश शर्माको ट्वीट र कुनै कटप्पाको ट्वीटमा खासै अन्तर देखिन छाडेको छ ।
उनी कांग्रेसका प्रवक्ता हुन्, कार्यकर्ता होइनन् र , उनी गन्ने मान्ने नेता हुन् । उनले बुझ्नुपर्छ, कुनै वर्ग, जातजाती अनि क्षेत्रलाई राजनीतिक रुपमा उचालेर केहि पाउदैनन् ।
शर्माको विचार प्रति ट्वीट यसरी खनिएको छ









