बिर्तामोड । झापाको दक्षिणी क्षेत्र बाह्रदशी गाउँपालिका –१ भागडुब्बामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापा च्याप्टरले आयोजना गरेको स्वास्थ्य शिविरमा ४ सयभन्दा बढि स्थानीयवासी लाभान्वित भएका छन् । उनीहरुले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा लिएका छन् । आज बिहानबाट सञ्चालित शिविरमा विद्यार्थीसहित विपन्न नागरिकहरुले स्वास्थ्य सेवा लिएका थिए ।…