मेची आँखा अस्पतालमा थपियो कानको उपचार सेवा

बिर्तामोड । मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सैनिकमोडमा कानको उपचार सेवा समेत थपिएको हो । उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले शुभारम्भ गर्नुभयो । आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो…