बिर्तामोड नगरपालिकाद्वारा दुई हजार परिवारको निशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिए । पहिलो चरणमा हरेक वडाबाट १-१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १-१ सय परिवारको…