Banner news

गोल्धापबाट वेपत्ता भएका खनाल यूट्युवमा भेटिए, खोजीका लागि चितवन प्रस्थान

गोल्धापबाट वेपत्ता भएका खनाल यूट्युवमा भेटिए, खोजीका लागि चितवन प्रस्थान


पछाडि उभिएका अग्ला, आकाशे सर्ट लगाउने मान्छे खनाल हुन् ।

बिर्तामोड । हल्दिवारी–१ गोल्धापबाट बेपत्ता भएका सुरेन्द्र खनाल यूट्युबमा देखिएका छन् । उनी गत जेष्ठ ५ गते आइतवारबाट वेपत्ता भएका थिए ।


गोल्धाप बजारमा खनाल कपडा पसल सञ्चालन गरिरहेका उनी बिर्तामोडमा कपडा लिन जाने भन्दै घरबाट हिडेका थिए । गोल्धाप खानेपानी आयोजनका अध्यक्ष समेत रहेका खनाल भाग्य न्यौपानेले सञ्चालन गरिरहेको यूट्युव च्यानलमा देखिएका छन् ।

न्यापानेले चितवनको देवघाटमा छाँयाङकन गरेको भिडियो सार्वजनिक भएपछि त्यसमा खनाललाई देखिएको छ ।


गोल्धापका स्थानीय युवा अनिल सापकोटाले खनाललाई भिडियोमा देखिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर समेत राखेका छन् । भिडियोमा देखा परेका खनालको खोजीका लागि परिवार सहितको टोली चिवतन गएको वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

शेयर गर्नुहोस :

27
Shares