चैत्र १३, २०८१ बुधबार

गोल्धापबाट वेपत्ता भएका खनाल यूट्युवमा भेटिए, खोजीका लागि चितवन प्रस्थान

पछाडि उभिएका अग्ला, आकाशे सर्ट लगाउने मान्छे खनाल हुन् ।

बिर्तामोड । हल्दिवारी–१ गोल्धापबाट बेपत्ता भएका सुरेन्द्र खनाल यूट्युबमा देखिएका छन् । उनी गत जेष्ठ ५ गते आइतवारबाट वेपत्ता भएका थिए ।


गोल्धाप बजारमा खनाल कपडा पसल सञ्चालन गरिरहेका उनी बिर्तामोडमा कपडा लिन जाने भन्दै घरबाट हिडेका थिए । गोल्धाप खानेपानी आयोजनका अध्यक्ष समेत रहेका खनाल भाग्य न्यौपानेले सञ्चालन गरिरहेको यूट्युव च्यानलमा देखिएका छन् ।

न्यापानेले चितवनको देवघाटमा छाँयाङकन गरेको भिडियो सार्वजनिक भएपछि त्यसमा खनाललाई देखिएको छ ।


गोल्धापका स्थानीय युवा अनिल सापकोटाले खनाललाई भिडियोमा देखिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर समेत राखेका छन् । भिडियोमा देखा परेका खनालको खोजीका लागि परिवार सहितको टोली चिवतन गएको वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]