Banner news

रेलले किच्दा मेचीनगरका बाबुछोराको मृत्यू

रेलले किच्दा मेचीनगरका बाबुछोराको मृत्यू


बिर्तामोड । भारतमा रेलले किचेर झापाका दुई जनाको मृत्यु भएको छ । मेचीनगर–७ भान्साखोला घर भइ आफन्त कहाँ भेटघाट गर्न पुगेका बाबुछोराकोे भारतको पश्चिम बंगालको नक्सलबारीमा रेलले किचेर मृत्यु भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिए ।

श्रीमति घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक छ । रेल दुर्घटनामा मेचीनगर–७ निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ, ११ वर्षीय छोरा रोहन श्रेष्ठको मृत्यू भएको हो ।

श्रीमति डम्बरी श्रेष्ठको विराटनगरमा उपचार भइरहेको छ । आवश्यक कानुनी प्रक्रिया पु¥याएर शव नेपाल ल्याइएको प्रहरीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares