Banner news

कनकाई अस्पतालको घटनामा प्रहरीले दमन गरेको आरोप, सुरक्षाका लागि बल प्रयोग गर्नु परेको एसपीको भनाई

कनकाई अस्पतालको घटनामा प्रहरीले दमन गरेको आरोप, सुरक्षाका लागि बल प्रयोग गर्नु परेको एसपीको भनाई


बिर्तामोड । आइतबार दिउँसो कनकाई अस्पतालमा भएको घटनामा प्रहरीले दमन गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

उपचारका क्रममा सुर्योदय नपा – ९ इलामकी २१ वर्षीया बिबिसा तामाङको मृत्यु भएपछि पीडित परिवारका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । आक्रोशीत आफन्तले चिकित्सकलाई कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका क्रममा पीडित पक्ष आक्रोशित हुँदै अस्पतालमा ढुङ्गा हान्न थालेपछी प्रहरीले लाठी चार्च गरेको थियो । प्रहरीले लाठी चार्च गर्दै तीन सेल अश्रुग्यास समेत हानेको थियो ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले अस्पतालभित्र रहेका अन्य बिरामीको असुरक्षा बढेपछि बल गर्नु परेको जानकारी दिए ।

बिर्तामोड नगरपालिकामा भएको छलफलमा उपरीक्षक मैनालीले भिड उत्तेजित भएपछी थप क्षति हुन सक्ने खतरा बढेकाले लाठी चार्ज गरेको बताएका छन् ।

प्रहरीले पीडितमाथी लाठी चार्ज गरेर थप पीडित बनाएको भन्दै उनीहरुले कारबाहीको जोडदार माग गरेका छन् । नगर प्रमुख ध्रुव शिवाकोटी , अर्जुनधाराका मेयर हरि राना, प्रहरी प्रमुखसहित बसेको छलफलमा प्रहरीबाट भएको कमजोरी अनुसन्धान गरि बिभागीय कारबाही गर्ने सहमती भएको छ ।

भिड नियन्त्रणको क्रममा जनप्रतिनिधिलाई समेत प्रहरीले लाठी चार्च गरेको आफन्तजनले जानकारी दिएका छन् । वडाध्यक्षलाई लाठी हान्ने भएको छ, यो हामीमाथि प्रहरीको दमन हो- मृतकका बुबाले भने ।

यता, बिर्तामोड इप्रकाका डिएसपी मोहन थापाले भिडभाडमा आफुले समेत लठ्ठी खाएको सुनाएका छन् । उनले हात देखाउदै भने, भिडमा मैले पनि भेटे । सोही क्रममा उनी लडेका समेत थिए ।

प्रहरी पछि अस्पताल प्रशासनसग पीडित पक्षको छलफल चलिरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares