खेल

झापा–११ लाई सी डिभिजनको मान्यता

झापा–११ लाई सी डिभिजनको मान्यता


बिर्तामोड । झापा–११ फुटबल क्लबले झापा जिल्लाबाट सी डिभिजन क्लबको मान्यता पाउने पहिलो क्लब बनेको छ ।


बुधबार भएको सी डिभिजन लिग छनौटतर्फ दोस्रो चरणको समूह ए को फाइनल खेलमा झापाले सरस्वतीनगर स्पोर्टस क्लबलाई कडा प्रतिस्पर्धाकाबीच १–० ले हरायो ।


खेल शुरु भएको पाँचौं मिनटमै झापाका लागि अंगुर कुमार खड्काले एक मात्र निर्णायक गोल गरे । गोल नेपालका अनुसार झापा–११ बाट दर्ता भएको झापा–११ एफसी नयाँ क्लब समेत हो ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल भरिका विभिन्न जिल्लाहरुबाट आएका ३८ क्लबहरुकाबीच छनौट प्रतियोगिताको आयोजना गरिरहेको छ । छनौट प्रतियोगिताको शिर्ष तीन स्थानमा पर्ने क्लबहरु सी डिभिजनमा बढुवा हुनेछन् ।

शेयर गर्नुहोस :

0
Shares