मुख्य समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत : मन्त्री विष्ट

प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत : मन्त्री विष्ट


काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन् ।


प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्र्तगत कार्यान्वयन गर्ने र त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको पनि बताउनुभएको हो ।


स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उहाँले नेपाल भित्रै रोजगारी सिर्जना गरी सफल राष्ट्र बनाउनेतर्फ सरकार गम्भीर रहेको बताए ।


आईटी, कृषि, वन, पर्यटन लगायतका क्षेत्रलाई जोडेर आउँदो आर्थिक वर्षमा कम्तिमा ५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको भन्दै आउँदा केही दिनमा क्षेत्रगत रोजगारीको संभावना प्रस्तुत गर्ने पनि बताए ।

शेयर गर्नुहोस :

0
Shares