बिर्तामोडमा वडा सचिव देवानको निधन
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ६ मा कार्यरत वडा सचिव राम कुमार देवानको निधन भएको छ । सोहि वडा घर भएका देवानको सोमवार राती ११ बजे उपचारको क्रममा निभन भएको हो ।

सरुवा भई केहि महिनाअघि वडा कार्यलय आएका देवान प्रेसरका विरामी थिए । अचानक लढेपछि उनलाई उपचारको लागि बिर्तामोडस्थित विर्ता सिटी राखिएको थियो । बिर्तासिटीमा उपचार संभव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो ।