बिर्तामोड

मदन जयन्तीमा रक्तदानको आयोजना

मदन जयन्तीमा रक्तदानको आयोजना


बिर्तामोड । जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।


असार १४ गते शनिवार झापाको बिर्तामोड स्थित मुक्ति चोकमा मदन जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेकपा झापाका नेता शिव ढुङगेलले जानकारी दिए ।

मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा हुने रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडले प्राविधिक सहयोग गर्ने छ । ढुङगेलका अनुसार रगतको अभाव भइरहेकोले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।


हरेक वर्ष जननेता भण्डारीको जन्मजयन्तीमा फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

शेयर गर्नुहोस :

0
Shares