बैशाख १२, २०८२ शुक्रबार

कनकाई क्याम्पसमा उद्यान

सिएम शर्मा

कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्याम्पस परिसरमा उद्यान निर्माण गर्ने योजनाले वृक्षारोपण सुरु गरेको छ ।


देशभर वृक्षारोपण साप्ताहिक कार्यक्रम चलिरहेकै बेला कनकाई क्याम्पस परिसरमा पनि बिरुवा रोपी क्याम्पसको वातावरण हरावरा , सुन्दर शान्त र स्वच्छ बनाउने उदेश्यले वृक्षारोपण गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश चुडालले बताएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति नेता देउमान थेवेले रोपेको बिरुवामा बिशेष अतिथि कनकाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले पानी हाली संयुक्त रुपमा उद्घाटन गरि वृक्षारोपण सुरु गरिएको थियो ।


पार्क निर्माणका निम्ति गरिएको वृक्षरोपण कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य ईन्द्र रोक्का , लाल बहादुर भुजेल ,रत्न कुमार श्रेष्ठ , लेखा समिति संयोजक तोप प्रसाद बारकोटी , सदस्य सागर ढुङ्गाना , सल्लाहकार ज्योति कुमार उप्रेती , मदन कृष्ण उप्रेती , विष्णुप्रसाद ओली , हरिभक्त सङ्ग्रौला , क्याम्पसका शिक्षक, बिद्यार्थी , बुद्धिजीवी , समाजसेवी , सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियोे ।


कनकाई क्याम्पसको प्रवेशद्वार भित्रबाट उत्तर पट्टीको १४ कठ्ठा क्षेत्रफलमा धुपि , टिक , चक्रासी , वेल , कटहर लगायत विभिन्न प्रजातिका ५ सय बिरुवा लगाईने र यही योजना अनुरुप आज दुई सय बडी बिरुवा रोपिएको क्याम्पस प्रमुख विकास प्रसाद उप्रेतीले जानकारी दिए । उक्त १४ कठ्ठा जमिनलाई ४ वटा कोठा साथै १ गोलाकार भागमा विभाजन गरि पार्कको डिजाइन गरिएको छ ।

पार्कलाई ३ वटा विभागमा छुट्टयाई तिनवटा विषय एजुकेसन , कमर्स र आर्टसका विषयगत विभाग बनाई बिद्यार्थीलाई जिम्मेवारी दिने योजना रहेको र यस्तो गर्दा विद्यार्थी विच प्रतिस्पर्धा हुनगई सहजरूपमा पार्कको संरक्षण र संवर्धन हुने अध्यक्ष चुडालले बताएका छन्, साथै रोपिएका विरुवालाई सिंचाइका लागि वोरिङको व्यवस्था गरिने पनि जानकारी गराए ।


पार्कको पश्चिमी क्षेत्रमा सरस्वतीको मन्दिर र विभिन्न समयमा क्याम्पसलाई बिशेष योगदान दिनुहुने ब्यक्तिको सालिक बनाउने ठाउँ समेत छुट्याइएको छ ।

प्रकाशित मिति : असार १८, २०७६ बुधबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]