गौरीगञ्ज

गौरीगञ्जमा स्वरोजगार कार्यक्रम प्रभावकारी

गौरीगञ्जमा स्वरोजगार कार्यक्रम प्रभावकारी


गौरीगञ्ज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तिब्र आलोचना भइरहेको बेला झापाको गौरीगञ्ज गाउँपालिकामा भने प्रशंसा भइरहको छ ।

झार उखेल्न लगाएर लाखौं रुपैंया दुरुपयोग भइरहेको चर्चा बाहिर आइरहेको समयमा त्यहाँ बाटो निर्माण देखि तटबन्धनसम्म गरिरहेको पाइएको छ ।


विपन्न र वेरोजगारी जनशक्तिलाई स्थानीय सरकार गौरीगञ्ज गाउँपालिकाले प्रभावकारी काममा लगाएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । उनका अनुसार बाटो मर्मतदखि तटवन्धनमा स्वरोजगारका लागि आउने जनशक्तिलाई काममा लगाइएको छ ।


प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संयोजक बेगन राईले कामको प्राथमिकता हेरेर जिम्मेवारी दिएको बताइन् । उनका अनुसार गौरीगञ्जमा निर्माण गर्नुपर्ने सडक, जोखिम क्षेत्रमा तटबन्धन र विधालय क्षेत्रमा घेरावाराको काम भइरहेको छ । राईले भनिन्, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट दुरुपयोग हुने अवस्था छैन ।

शेयर गर्नुहोस :

0
Shares