बैशाख ९, २०८२ मंगलबार

अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामग्री

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामग्री बितरण गरिएको छ ।


बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको आयोजना तथा नगरपालिकाको महिला बालबालिका शाखाको सहयोगमा सोमबार आयोजित एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।


समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाई एकथान ह्वील चियर,एक थान हेयरिङ् एड÷एक जोडी बैशाखी र ४ जनालाई १० हजारका दरले बिउ पुँजी बितरण गरिएको संस्थाका सचिव हरीप्रसाद अधिकारीले जानकारी दिए ।


संस्थाका अध्यक्ष दिपक थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेकोे थियो । संस्थाका सल्लाहकारद्धय रुपक खनाल र प्रकास भट्टराइले शुभकामना मन्तब्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले संस्थाले गरेको कार्यको प्रशंसा गरेका छन् ।


अपाङ्गता भएका व्यक्ती र अभिभावकको समेत उपस्थिति रहेको कार्यक्रमको संचालन सचिब हरिप्रसाद अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : असार २३, २०७६ सोमबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]