जेष्ठ ६, २०८२ सोमबार

फलो अप : पत्रकारलाई फोन गर्ने चोरले आज राती पनि आउँछु भन्दै धम्की दिए

कनकाई । चोरीको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । कनकाई नगरपालिका–४ मा गएराति घरधनीलाई फोन गरेरै चोरीको प्रयास गर्ने स्थानीय सौरभ आलम रहेको सुरुङा प्रहरीले जनाएको छ ।

बुधबार राति आलम छिमेकी रिता हिङमाङको घरमा चोरी गर्न आएको बताइएको छ । परिवारले थाहा पाएपछि आलम भागेका थिए । इजलास डटकममा समाचार प्रकाशित हसनासाथ प्रहरीले खोजीलाई तिब्र पारेको थियो । समाचार लेख्दालेख्दै पत्रकारलाई फोन गरेर आफु सन्तोष माझी हुँ भन्दै जानकारी दिएका थिए । प्रहरीले माझीको खोजी गर्दा आलम रहेको पत्ता लगाएको छ ।

आलमले पत्रकारलाई जानकारी दिएको थाहा पाएपछि आफु चिनजानकै मान्छे भएको हिङमाङलाई फोन गरेको बुझिएको छ । आमलले आज राति पनि आउने बताएपछि हिङमाङ परिवार थप त्रसित भएको छ । प्रहरीका अनुसार आमल सुरुङामा अटो चलाउँदै आएका छन् । आमलको परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार विहानैबाट घरबाट हिडेको र अटो बजार मै छोडेर सम्पर्कमा नआएको बुझिएको छ ।


र, यो पनि पढ्नुहोस् : चोरको समाचार लेख्दालेख्दै पत्रकारलाई चोरकै फोन


कनकाई नगरपालिकाको वडा नं. ४ मा बुधबार राती ११ बजे चोरी गर्न आएका व्यक्तिले फोन गरेपछि गाउँवासी त्रसित भएका छन् ।


चोरी गर्न आएको व्यक्तिले घरधनीलाई नै फोन गरेपछि डाइमण्ड टोलवासी त्रसित भएका हुन् । स्थानीय रिता हिङमाङलाई रातको ११ बजे १०÷१२ पटक फोन आयो । उनका अनुसार नयाँ नम्बर भएकाले उठाइनन् । श्रीमान वैदेशिक रोजगारीमा, छोराछोरी मावली घर इटहरी गएको मौका छोपेर चोरीको प्रयास गर्ने व्यक्तिले ९८२३७१०८४१ नम्बरको मोवाइलबाट सम्पर्क गरेका थिए ।


सुतिरहेको अवस्थामा रिताको कोठा बाहिरबाट पर्दा हल्लाइ रहेको देखेपछि उनले बृद्ध बुबालाई गुहारेकी थिइन् । बुबालाई खवर गर्न साथ भागेको देखे, रिताले भनिन् – फेरि फोन आएपछि उठाए । फोन उठाएपछि ति व्यक्तिले किन आत्तिएको भन्दै सोधेर फोन राखे । रातीको यो व्यवहारले त्रसित भएकी महिलाले धुलावारीमा भएको घटना सम्झदैं भनिन् – मलाई सुरक्षा चाहियो । उनले इलाका प्रहरी कार्यालय सुरुङामा कारवाहीको माग गर्दै उजुरी दिएकी छन् ।


घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि समाचार तयार गर्ने क्रममा राती फोन गर्ने नम्बरमा सम्पर्कको प्रयास भएको थियो । आज ४ः२६ बजे सो नम्बरमा सम्पर्क गर्दा फोन उठेन । समाचार लेख्दालेख्दै सोहि नम्बरबाट फोन आयो । ४ः३६ बजे आएको फोनमा पत्रकारले जानकारी लिँदा उनले सुरुङास्थित तुलसीबारीको सन्तोष माझी भन्ने परिचय दिए । राती चोरी गर्न गएको विषयमा बुझ्दा थाहा नभएको प्रतिक्रिया दिएका छन् । यो दिउँसो प्रकाशित गरिएको समाचार हो ।

प्रकाशित मिति : असार २६, २०७६ बिहीबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]