बैशाख १७, २०८२ बुधबार

मुख्यमन्त्री कपमा सैनिक युथ क्लब च्याम्पियन

धरान । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पहिलो उपाधि झापाको सैनिक युथ क्लबले जितेको छ ।


आज धरान रङ्गशालामा भएको फाइनल खेलमा २–१ गोल अन्तरले मोरङको बेलबारी फुटबल क्लबलाई पराजित गर्दै सैनिकले उपाधी जितेको हो । उपाधीसँगै उसले नगद ५ लाख र ४ केजी चाँदीको रनिङ ट्रफी हात पारेको छ । उपाधी जितेको सैनिक युथ क्लब एन्फा प्रेसिडेन्ट कप खेल्नका लागि १ नं. प्रदेशबाट छनोट भएको छ ।


उपविजेता भएको मोरङको बेलबारी फुटबल क्लबले नगद रु ३ लाख पुरस्कार जितेको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बेलबारी फुटबल क्लबका भूषण सुब्बा घोषित भए । उनलाई नगद रु १ लाख प्रदान गरिएको थियो । फाइनल खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरे ।


त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान, बेष्ट स्ट्राइकर झापाका विकेश लिम्बू, बेष्ट कोच झापाका प्रवेश कटवाल र बेष्ट डिफेन्स झापाका विमानप्रसाद राई घोषित भए । धरान फुटबल क्लबका उमेश राई प्रतियोगिताको बेष्ट मिडफिल्ड घोषित भए । उनीहरूलाई जनही २५ हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो ।


मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको आयोजना एन्फाले गरेको थियो भने संयोजन १ नं. प्रदेश सरकारले गरेको थियो । एन्फा र प्रदेश सरकारको सम्झौता अनुसार १ नं. प्रदेशबाट एन्फा प्रेसिडेन्ट कपमा २ टिम सहभागी हुने भएका छन् । १ नं. प्रदेशबाट २ टिम र अन्य प्रदेशबाट एक÷एक टिम सहभागी हुने एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्ने एन्फाका सहायक महासचिव वसन्त अर्यालले जनाएका छन् ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]