बैशाख १०, २०८२ बुधबार

कराँतेको टेक्निकल सेमिनार सुरु

विर्तामोड ।जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा शुक्रबारबाट विर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु भएको छ ।


समयक्रम अनुसार परिवर्तित कराते खेलका नियम अवगत गराउन, काता र कुमुतेको पूर्नअभ्यास गराउन, करातेको सैद्धान्तिक विषयबारे जानकारी दिन सेमिनार गरिएको हो । तीन दिवशीय उक्त सेमिनारको उद्घाटन विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी छन् ।


सो अवसरमा प्रमुख अतिथि उपप्रमुख प्रसाईं, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ, करातेका मानार्थ सदस्य एवम् समाजसेवी हर्कलाल गिरी, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना व्यक्त गरे ।


अतिथि सदन भवनमा सुरु सेमिनारमा जिल्लाका विभिन्न डोजोका सिनियर ब्राउन बेल्ट र जुनियर ब्ल्याक बेल्टका १५० जना खेलाडी सहभागी छन् ।


सेमिनार उद्घाटनका क्रममा सहभागी खेलाडीहरुले करातेको डेमोस्ट्रेशन शो तथा सैजा राई र दीपक श्रेष्ठले काता प्रर्दशन गरेका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले गरेका थिए ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]