बैशाख ९, २०८२ मंगलबार

हनुमान सेन्ट्रलमा प्रवेश निषेध

बिर्तामोड । शनिबार राती आगलागी भएको बिर्तामोडको हनुमान सेन्ट्रलमा अहिले प्रवेश निषेध गरिएको छ ।

आगलागीबाट भएको क्षतिको मुचुल्का नगरुन्जेल प्रवेश रोकिने सुरक्षाकर्मीले जानकारी दिएका छन् । आगलागीबाट भुइँ तलामा रहेको दिनेस पाठकको जुत्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

आज ब्यवसायी,सुरक्षाकर्मी र मलको ब्यवस्थापन पक्ष बिच घटना बारे छलफल सम्पन्न गरेर मात्र मल खोल्ने बुझिएको छ । ब्यवसायिक मल हनुमान सेन्ट्रलमा भएको आगलागी घटनाबाट भएको अन्य क्षतिको समेत विवरण संकलन गर्ने र आगलागीको कारण खोजी गरिने बताइएको छ ।

राती अन्य पसल खुल्ला गरेकाले पनि आवतजावतमा कडाइ गरिएको सेन्ट्रलका सुरक्षागार्डले बताएका छ्न ।

हिजो राती ७:३० देखि शुरु भएको आगो झण्डै २ घण्टामा नियन्त्रणमा आएको थियो । भद्रपुर,बिर्तामोड र मेचीनगरको तीन वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]