बैशाख १०, २०८२ बुधबार

लागुऔषधका मुद्दामा वृद्धि, तीन हजार ३५७ मुद्दा दर्ता

झापा । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो ।


आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउँछन् ।

खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ”, उनले भने ।
लागुऔषध सेवनले व्यक्ति, घरपरिवार, समाजलाई मात्र नभएर सिङ्गो देशलाई नै असर गर्ने भएकाले नेपाल प्रहरीले बढ्दो लागुऔषध दुव्यर्सनी तथा ओसारपसालाई कम गर्न लागुऔषध नियन्त्रण ब्यूरोको स्थापना गरी काम गर्दै आइरहेको छ । विसं २०६९ मा स्थापना भएको ब्यूरोले हालसम्म ९६ विदेशीसहित दुई हजार ५१८ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।


नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको दर बढेको भन्दै यसलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गाँजा, अफिमलगायतका लागुऔषध नेपालको पहाडी र भित्री मधेसमा धेरै उत्पादन हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रहरी मात्र नभएर स्थानीयवासी नै सक्रिय रुपले लाग्नुपर्ने लागुऔषध ब्यूरोका प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । प्रहरीले हाल लागुऔषध ऐन, २०३३ अनुसार मुद्दा चलाउँदै आएको छ ।

प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार  १२ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]