Banner news

को बन्ला फिफा वर्ष खेलाडी ? आज मनोनयन सार्वजनिक

को बन्ला फिफा वर्ष खेलाडी ? आज मनोनयन सार्वजनिक


एजेन्सी । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक आज (बुधबार) हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सबै विधाका लागि १०/१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो ।


फिफा वर्ष खेलाडी पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५ मा हुनेछ । त्यसअघि फिफाले उत्कृष्ट महिला प्रशिक्षकको मनोनयन नेपाली समयअनुसार साँझ ४ः४५ बजे सार्वजनिक गर्नेछ ।

त्यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकको मनोनयन ५ः४५ बजे सार्वजनिक हुनेछ भने फिफा वर्ष खेलाडी महिलाको मनोनयन ६ः४५ बजे सार्वजनिक गर्नेछ ।
फिफा वर्ष खेलाडीको अवार्ड गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए ।

शेयर गर्नुहोस :

0
Shares