बैशाख १०, २०८२ बुधबार

को बन्ला फिफा वर्ष खेलाडी ? आज मनोनयन सार्वजनिक

एजेन्सी । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक आज (बुधबार) हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सबै विधाका लागि १०/१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो ।


फिफा वर्ष खेलाडी पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५ मा हुनेछ । त्यसअघि फिफाले उत्कृष्ट महिला प्रशिक्षकको मनोनयन नेपाली समयअनुसार साँझ ४ः४५ बजे सार्वजनिक गर्नेछ ।

त्यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकको मनोनयन ५ः४५ बजे सार्वजनिक हुनेछ भने फिफा वर्ष खेलाडी महिलाको मनोनयन ६ः४५ बजे सार्वजनिक गर्नेछ ।
फिफा वर्ष खेलाडीको अवार्ड गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए ।

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]