बैशाख १०, २०८२ बुधबार

१४ महिनामा ३० किलोमिटर पिच गर्न नसके राजिनामा दिन्छु : मेयर द्धारिकलाल चौधरी

इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउ–गाँउमा विकासको लहर छाएको दावी गरेका छन् ।


एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो पिच गर्न नसके राजिनामा दिने बताएका छन् । इटहरीमा सडक निर्माणको कामले गाँउगाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदै छन् । ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई पिच वाटोले जोडने छ । उपमहानगरका गाँउगाँउका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य मुख्य वाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनको भनाई छ ।


काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।” गत बर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक बर्षमा पनि भौतिक संरचना निर्माणलाईनै प्राथमिकता दिएको छ । उनले वाह्य चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।


इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपैयाँ छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर वनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए । ब्यक्तिले भोगचलन गरेका करोडौमूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको सुनाएका छन् । उनले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खालीनै जाने बताएका छन् । तर, उपमहानगरमा रहेका वेथिती हटाउदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुर्याउने बताए ।

मेयर चौधरीले चलाएको भ्रष्टाचार विरोधी अभियानलाई संस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ । सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीको सामाजिक,शैक्षिक,आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उनले उपमहानगरवासीलाई आग्रह गरेका छन् । आफू सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]