गोलीसहित काठमाडौ हिडेका राई भद्रपुर विमानस्थलबाट पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर विमानस्थलबाट गोली सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
दिउँसो १ बजे विमानस्थलमा जेकचाँचका क्रममा इलाम सुर्योदयन नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेश राईलाई गोली सहित नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
थ्रीनट थ्री राइफलमा प्रयोग हुने १ थान गोली सहित पक्राउ परेका राईलाई झापा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
राई आज दिउँसो १ः३० बजेको सौर्य एयरलाईन्सबाट काठमाडौं जाने तयारीमा थिए ।