बैशाख २३, २०८२ मंगलबार

अर्जुनधाराका शिक्षा शाखा प्रमुखलाई पदमुक्त गर्ने निर्णय

विर्तामोड । अर्जुनधारा नगरपालिकाले शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । नगरको मंगलवार बसेको कार्यपालिकाको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको मेयर हरि कुमार रानाले जानकारी दिएका छन् ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत उपसचिव रेग्मीको आचरणका विषयमा प्रश्न एवम् गम्भीर आरोप लगाई उजुरी परेको थियो । एक विधालयका व्यवस्थापन समितिले गरेको उजुरी, विभिन्न समयमा रेग्मी माथि लाग्ने गरेको आरोप, उनको आचरण र नगरपालिकाको कार्यपालिकामाथि वेवास्था गरेको भन्दै उनलाई पदमुक्त गर्ने निर्णय भएको हो ।


यसअघि पनि विभिन्न समयमा शिक्षा क्षेत्रबाटै विभिन्न आरोप लागेका कारण नगरपालिकाको कार्यपालिकाले स्पष्टिकरण माग्दा समेत रेग्मीले नदिने गरेको बताइएको छ । पदमुक्त गर्ने निर्णयसगै अर्जुनधारा नगरपालिकाबाट फिर्ता पठाउने गरी सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएको छ । सो नगरले रेग्मीबाट शैक्षिक क्षेत्रमा सहयोग नपुग्ने निष्कर्ष निकालेको छ ।

र, यो पनि पढ्नुहोस् : विवादमा रेग्मी : कार्यपालिकालाई ओझेलमा पार्दै अनुदानको २१ लाख बितरणको प्रयास

अर्जुनधारा नगरपालिकामा कार्यभार सम्हालेदेखि विवादमा परेका रेम्मीले आर्थिक लाभ हुने काममा मात्र लाग्ने गरेको गुनासो आउने गरेको छ । उनले कमिशन नपाएसम्म काम नै नगर्ने स्रोतको भनाई छ । उनले काम गर्ने सन्दर्भमा खाम समेत मागेको अडियो सार्वजनिक भइसकेको छ । पछिल्लो समय उनले शिक्षण सिकाई अनुदानको २१ लाख ९६ हजार रुपैया नगरपालिकालाई कुनै जानकारी नदिई वितरणको प्रयास गरेका थिए ।

र, यो पनि पढ्नुहोस् : लक्ष्मी मावि प्रकरण : शिक्षा प्रमुख रेग्मीको भूमिका शंकास्पद्

मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिकालाई कुर्नै जानकारी नदिई उनले विभिन्न विधालयमा शिक्षक कोटा वितरणको निर्णय गरेका थिए । सो निर्णय विवादित भएपछि उपमेयर उपमेयर कमला खतिवडाले रोकेकी थिइन् ।

प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]