जेष्ठ २, २०८१ बुधबार

लक्ष्मी मावि प्रकरण : शिक्षा प्रमुख रेग्मीको भूमिका शंकास्पद्

बिर्तामोड । अर्जुनधारा–६ मा रहेको विवादित लक्ष्मी माध्यमिक विधालयको वेथिती ढाकक्षेपको प्रयास शुरु भएको छ । अधिकांश अभिभावकले राजनीति संरक्षण गरेर विधालयको वेथिती लुकाउन खोजेको आरोप लगाएका छन् ।

परीक्षामा लापरबाही गरेको सूचना बाहिरिएपछि विवाद उत्कर्षमा पुगेको सो विधालय वेथितीमा लिप्त भएको सुधारका लागि गठित संघर्ष समितिका अध्यक्ष भिष्म पौडेलले जानकारी दिए । उनका अनुसार विधालयमा वेथिती पर्याप्त छ, सुधारको लागि निरन्तर खवरदारी चलिरहनेछ ।

विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता सो विधालयमा आएदेखि विवाद भएको बुझिएको छ । उनको आगमनसँगै विधालयमा गलत संस्कार प्रवेश गरेको पूर्व विधार्थीको भनाई छ । विधालय सुधारका लागि लामो समय देखि संघर्षरत अगुवाले विधालयभित्रको अनियमितता बाहिर ल्याइदिन आग्रह गरेका छन् । विधालयले आयोजना गरेको पुराणको हिसाव, भौतिक संरचना निर्माण र विधालयको आन्तरिक स्रोत समेत पारदर्शी नभएको भनाई छ । अनियमितताको आरोपमा विधालयको खाता केहि वर्षअघि अख्तियारले तानेको थियो । जानकारहरुका अनुसार प्रअ गुप्ताले अख्तियारबाट क्लिनचिट पाएको भन्दै मनपरी गरिरहेका छन् ।

झापा गाउँपालिकाको डिल्लीराज मावि, झिलझिले मावि, शहिद दशरथचन्द मावि चारआलीमा काम गरेका गुप्तालाई सबै ठाउँमा आलोचनात्मक टिप्पणी गरिदैं आएको छ । उनले विधालयमा अभिभावकलाई वाइपास गरेर विधालय चलाइरहेको आरोप पनि छ ।

विधालयको वेथिती सुधारमा अर्जुनधारा शिक्षा शाखाका प्रमुख तोयानाथ रेग्मीको भूमिका शंकास्पद देखिएको छ । लामो समयदेखि गुप्ता इतरका मानिने रेग्मी सहकार्यकै लागि शिवसताक्षीबाट मिलाएर अर्जुनधारा आएको स्रोतको दावी छ । उनी लक्ष्मी माविको व्यवस्थापन समिति गठनको पूर्व सन्ध्यामा अर्जुनधारा आएका थिए । पछिल्लो समय विवादमा परेको विधालयका बारेमा उनले शिक्षा प्रमुखको भूमिका निर्वाह नगरेको अभिभावकको आरोप छ । बुधबार विधालयको समस्या बारे बुझ्न खोज्दा ठुलो रवाफ देखाएका छन् । उनले केहि बुझ्नु परेमा फोन गरेर मात्र कार्यलयमा आउन भनेका छन् । त्यति मात्र होइन, रेग्मीले भने, भेट्नै पर्ने के छ र ?

नगरपालिकाको कर्मचारी भएर नागरिकले भेट्ने कुरा गर्दा , के काम छ भन्नु कर्मचारीभित्रको रवाफ हो । उनले लक्ष्मी माविका बारेमा केहि नबोल्ने प्रतिक्रिया दिएका छन् । शिक्षा प्रमुख भएर एउटा विधालयको समस्या बारे बुझ्न खोज्दा केहि बोल्दिन भन्नुले उनीमाथि शंका उब्जिएको छ ।

संघर्ष समितिले विधालयमा गत १२ गते तालावन्धी गरेको छ । संयोजक पौडेलका अनुसार पठनपाठनमा कुनै अवरोध भएको छैन । विधालयका निमित्त प्रअ बालकृष्ण चम्लागाईले विधालयको पठनपाठन शान्तिपूर्ण रुपमा सञ्चालन गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]