डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार विद्रोही सम्मानित

बिर्तामोड । झापाका अग्रज पत्रकार माधव बिद्रोही सम्मानित भएका छन् । डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट बिद्रोही सम्मानित भएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा बिद्रोही सहित उदीयमान पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी भगिहाङ लिम्बू (रानीटारे साइला) र ध्रुव राजवंशीलाई सम्मानित गरिएको छ । लिम्बू रेडियो भिजनमा लिम्बू भाषाबाट र राजवंशी कञ्चनजङ्गा एफएममा राजवंशी भाषाबाट समाचार भन्दै आएका छन् । पुरस्कृत तथा सम्मानित ब्यक्तिलाई नगद सहित सम्मान गरिएको हो ।
फोनिज झापाका अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्व बिद्रोही, बिर्तामोड उधोग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।