मोटरसाइकल दुर्घटनामा पत्रकार बराल घाइते
बिर्तामोड । रेडियो भिजनमा कार्यरत पत्रकार पुष्प बराल आज बिहान भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।

रेडियो कार्यक्रम रेकर्डका लागि शिवसताक्षी नगरपालिका जाँदै गर्दा उनी सुरुङा नजिकै जुके कल्भर्टमा दुर्घटनामा परेका हुन् । पूर्वबाट पश्चिम तर्फ जादै गर्दा उनलाई पछाडिबाट मिनि ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दिएका छन् ।
मे १ ज ३१४२ नम्बरको मिनि ट्रकले ओभर्ट्याक गर्ने क्रममा बराल सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । बरालको खुट्टा र हातमा चोट लागेको छ । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार शुरु भएको छ ।