बैशाख ६, २०८२ शनिबार

मेयरलाई बाईपास गर्दै भानु मावि अर्जुनधारामा परीक्षा संचालन

बिर्तामोड । भानु माध्यमिक विधालयले नीति विपरित शिक्षक नियुक्तिको लागि परीक्षा सञ्चालन गरेको छ । अर्जुनधारा–५ मा रहेको सो विधालयले शनिवार सुटुक्क परीक्षा सञ्चालन गरेको थियो ।

प्राविधिक विषय समेत अध्ययन हुने सो विधालयमा सिभिल इञ्जिनियर र माध्यमिक तहको विज्ञान विषयका लागि १/१ जना शिक्षक नियुक्ति गर्न परीक्षा सञ्चालन गरेको प्रधानाध्यापक रुपक दाहालले जानकारी दिए । उनले स्थानीय तहभित्र शिक्षक नियुक्तिको प्रक्रियालाई वेवास्था गर्दै सञ्चालन गरेका हुन् ।

अर्जुनधारा नगरपालिकाले शिक्षक नियुक्ति गर्दा विषयविज्ञ नियुक्ति नगर प्रमुख हरिकुमार रानाले गर्ने निर्णय भएको छ । सो निर्णय विरुद्ध प्रधानाध्यापक दाहालले परीक्षा लिएका छन् ।

नगरको शिक्षा नीतिलाई वेवास्था गर्दै परीक्षा सञ्चालन गरेपछि नगर प्रमुखले प्रधानाध्यापक दाहाललाई टेलिफोन मार्फत परीक्षा रोक्न निर्देशन गरेका थिए ।

नगर प्रमुख रानाको निर्देशन समेतलाई प्रअ दाहालले अटेरी गर्दै परीक्षा सञ्चालन गरेको स्थानीय अगुवाले जानकारी दिएका छन् । प्रधानाध्यापक दाहालले मनोमानी तरिकाले परीक्षा सञ्चालन गरेको थाहा पाएपछि विधार्थी संगठनका अगुवा शनिवार विधालयमा पुगेको थिए ।

परीक्षा सञ्चालन भइरहेको समयमा पुगेका विधार्थी नेताले परीक्षा प्रक्रियाको बारेमा प्रअ र व्यवस्थापन समितिका अध्यष युवराज खड्कासँग कुराकानी गरेका थिए ।

प्रक्रिया मिचेर परीक्षा सञ्चालन गर्ने प्रअले आफुबाट त्रुटि भएको स्वीकार गरेका छन् । उनले नगर प्रमुखको निर्देशन समेत अटेर गरेका थिए । नगरको शिक्षा नियुक्ति प्रक्रियाका बारेमा कार्यपालिकाले गरेको निर्णयलाई छोडेर उनले विधार्थी नेताहरुसँग शिक्षा ऐन –२०२८ को सन्दर्भ जोडेका थिए ।

संघीय राज्यमा उनले स्थानीय सरकारको व्यवस्थामाथि नै धावा बोलेको विधार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । उनले सञ्चालन गरेको परीक्षा प्रक्रिया मै भएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष खड्काको समेत सहमतिमा परीक्षा सञ्चालन गरेका थिए ।

यस बारे आफुलाई थाहा नभएको अध्यक्ष खड्काले बताएका छन् । प्रक्रियाका बारेमा प्रअले बुझ्ने हो, अध्यक्ष खड्काले भने– हामीलाई शिक्षक चाहिएको हो । प्रक्रिया प्रअले बुझ्नुपर्छ ।

उनीसँगै प्रअ दाहालले वडाध्यक्ष ध्यान बहादुर भारतीलाई समेत साक्षी राखेर परीक्षा सञ्चालन गरेको देखाउन खोजेका थिए । परीक्षा नीति विपरित भएको थाहा पाएपछि उनीहरले रद्द गर्न प्रअ दाहाललाई सूझाव दिएका थिए ।

अनेरास्ववियू झापाका अध्यक्ष मनोज ताम्ली लगायतको टोली विधालय पुगेर प्रक्रियाको बारेमा विव्यस र वडाध्यक्षलाई जानकारी गराएका थिए । उनीको समूहले जानकारी दिएपछि दुवै पक्ष परीक्षा रद्द गर्न सहमत भएको ताम्लीले जानकारी दिए ।

नगरपालिकाबाट प्रधानाध्यापक दाहालले इञ्जिनियर निरज अधिकारीलाई विधालय बोलाएर परीक्षा सञ्चालन गरेका हुन् । अधिकारीले नगरेको कार्यपालिकाको निर्णय उल्लंघन गरेका छन् ।

सिभिल इञ्जिनियर तर्फ शिक्षकका लागि १ जनाले परीक्षा लेखेका छन् । विज्ञापनमा पनि १ जना नै आवश्यकता खुलाइएको थियो भने विज्ञान तर्फ एक जना शिक्षकका लागि २ जनाले परीक्षा लेखेका छन् ।

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]