नेकपा इलामको प्रचार विभागमा ९ जना मनोनित
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी इलामको प्रचार तथा प्रकाशन विभागको बैठक आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

विभाग प्रमुख नवराज शंकरको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष रामबहादुर मगर र सचिव सोममाया राई (सिन्धु) को आतिथ्यतामा भएको बैठकले ९ जनालाई विभागको सदस्यमा मनोनयन गरेको छ ।
मनोनित सदस्यहरुमा सटेन्द्र जवेगु, सुजन तिम्सिना, कोकिला ढकाल, राजकुमार दाहाल, कौशिला खिम्दुङ्ग राई, ख्याम भुजेल, बुद्ध माया सोङ्मी, याम माबो र नमिन ढकाल रहेका छन् । यसैगरी बैठकले द्वैमासिम रुपमा नेकपा जिल्ला कमिटी इलामको मुखपत्र प्रकाशन गर्ने र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वेबसाईट निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको विभागका उपप्रमुख प्रकाश परियारले जानकारी दिए ।