आज रिहाई हुने संभावना टर्यो, थुनछेक बहस भोलि

चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको छ ।
अदालतमा अहिले अस्मिता कार्कीबाट बयान सुरु भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । न्यायधिश हेमन्त रावलको इजलासमा एक÷एक जनाको पालैपालो बयान सुरु भएको हो ।
अस्मिताको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ । थुनछेक बहस भोली हुने भएपछि आज पनि उनीहरु रिहाई नहुने भएका छन् । रिहाई हुने वा म्याद थप गर्ने भोली नै निर्णय हुने निश्चित भएको छ ।